जेठ ०४, २०८१, शुक्रबार
               

केन्द्र सरकारसँग प्रदेश १ सरकारको सबै सीमानका बन्द गर्न आग्रह

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

प्रदेश १ केन्द्र सरकारसँग छिमेकी मुलुक भारतसँग जोडिएका सबै सीमानाका बन्द गर्न आग्रह गरेको छ । 

मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका तत्काल बन्द गर्न  केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।

‘कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मानिसहरूको आवतजावत रोक्न नाका बन्द गर्न आवश्यक छ,’ समाजिक विकासमन्त्री जीवन घिमिरेले भने । ‘बैठकम अहिलेलाई नाकाहरूमा अत्यावश्यक वस्तुको आपूर्तिबाहेक दुवैतर्फबाट मानिसको आवतजावत रोक्न पहल गर्ने निर्णय भयो ।’ उनले अब यसको लागि केन्द्र सरकारलाई अनुरोध गर्ने बताए । 

प्रदेश १ मा काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरसँग जोडिएको रानी नाका सञ्चालनमा छन् ।

त्यसैगरी बैठकले एक साताभित्र ५० शय्याको आपतकालीन अस्पताल बनाउने निर्णय गरेको मन्त्री घिमिरेले बताए । ‘विराटनगरस्थित नेसनल ट्रेडिङको भवनमा भेन्टिलेटरसहितको अस्पताल स्थपना हुन्छ,’ मन्त्री घिमिरेले भने, ‘एक साताभित्र अस्पताल तयार पार्छौँ ।’

हस्पिटल निर्माणमा सेना, प्रहरीलगायत जनशक्तिलाई प्रयोग गर्ने उनले बताए । त्यसैगरी कोरोना जोखिमलाई लिएर प्रदेश सभा बैठक पनि अनिश्चितकालको लागि स्थगित गरिएको छ । 

शुक्रबार सभामुख प्रदिप कुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । 

यो पनि