जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाँच बजे देशवासीका नाममा संबोधन गर्ने

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । 

प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । 

सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 

सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलाई प्रवेश गर्न नदिने  जनाएको छ । 

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई संक्रमण हुने डरले सम्बोधनका क्रममा अन्य पत्रकारलाई  प्रवेश नदिइएको जनाइएको छ ।

सम्बोधन  नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ । सरकारले यसअघि नै २५ जनाभन्दा बढीको भीड नगर्न सर्वसाधारणलाई आह्वान गरिएको छ ।

यो पनि