जेठ ०४, २०८१, शुक्रबार
               

बास्कोटाको घरमा बम विस्फोट गराउँने थप तीन पक्राउ

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

काठमाडौं । पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट गराउँने  थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको विभिन्न स्थानबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको बताए पनि उनीहरूको पहिचान भने खुलाएको छैन ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई  विहिबार राती पक्राउ गरेको हो । आरोपीहरूमाथि थप अनुसन्धान भइरहेकाले आज दिउसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

गत फागुन २८ गते पूर्वमन्त्री बास्कोटाको घरमा बम विस्फोट भएको थियो । सोही दिन विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको थियो । 


कस्तो लाग्यो ?

यो पनि