जेठ ०४, २०८१, शुक्रबार
               

कारोना नियन्त्रणका लागि स्थानीय भाषामा पनि जनचेतना फैलाउँछौँ : मन्त्री खतिवाड

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री युवराज भट्टराईले सरकारले कोरोना भाइरसका कारण थोरै क्षेत्र मात्र प्रभावित परेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । 

सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताए । 

उनले व्यापार, वित्त, उद्योग, निर्माण क्षेत्र स्वाभाविक रूपमा अगाडि बढाएको बताए । उनले कोरोनाले सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको बताए । 

पर्यटन व्यवसायी लक्षित गर्दै भट्टराईले फेबु्रअरी र मार्चको सिजन प्रभावित हुने भए पनि त्यसपछि तत्काल पर्यटन क्षेत्र फर्कने गरी योजना ल्याउने बताए । 

उनले पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत मात्रै रहेको भन्दै त्यसको अर्थतन्त्रमा प्रभाव सोहीअनुसार पर्ने बताए । 
त्यस्तै खतिवडाले एसइई सबैको आग्रहमा सारिएको जानकारी दिए । 

उनले भने, ‘विद्यार्थीलाई जोखिममा नराख्न अभिभावकसहितको आग्रहमा शैक्षिक क्यालेन्डरलाई असर नपर्ने गरी पछाडि सारिएको हो ।’

त्यस्तै भट्टराईले कैदीबन्दी रिहा गर्ने सम्बन्धमा कोरोना कैदभित्रबाट नफैलिएको बताउँदै तत्काल कैदीबन्दीलाई रिहा गर्नुपर्ने आवश्यकता नरहेको जनाए । 

उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर अन्य भाषामार्फत् पनि संप्रेषण गर्ने बताए । 
 

यो पनि