काठमाडौं । सरकारले मालपोत, विद्युत्, र यातायातमा लाग्ने जरिवानावापतको शुल्क मिनाह गर्ने भएको छ ।
कोरोना रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा सरकारले बिहीबार यस्तो निर्णय गरेको हो ।
गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।
सरकारले बुधबार सरकारले २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिएको छ ।