बैशाख २८, २०८१, शुक्रबार
               

प्रदेशसको नामकरणमा बोले बाबुराम, 'कुछ तो शरम करो यारो'

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले २ नम्बर प्रदेशको नाम तोक्न नसकेकोमा असन्तुष्टि जनाएका छन्। 

बुधबार बिहान ट्विट गर्दै २ नम्बर प्रदेशको नाम मधेस राख्न किन आपत्ति भयो ? भनी उनले प्रश्न समेत गरेका छन् ।

हिन्दीमा भाषामा उनले लेखेका छन्, ‘नेपालको संविधानमा ‘मधेसी’ पहिचान स्वीकार गरिसकेको छ भने २ नं प्रदेशको नाम ुमधेसु किन हुन सक्दैन?’ 

‘हाम्रा पूर्वमाओवादी कमरेडहरु मातृका यादव, प्रभु साह, भरत साह कहाँ छन् रु’ भट्टराईले भनेका छन्,–‘अनि पूर्व नयाँ शक्तिवाला साथीहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ छन् ? केही त लाज मान यार ?’

मंगलबार राति मात्रै पनि उनले कम्युनिष्ट पार्टीका प्रतिनिधिले जातीय पहिचानलाई भन्दा कुनै धार्मिक पात्रको नामलाई अघि सारेकोमा अचम्म लागेको भनी ट्विट गरेका थिए।

 ुनेकपा नाम गरेको दलको हर्कत देखेर मार्क्स,एंगेल्स,लेनिन, माओ जीवित भए के भन्दा हुन् ?ु भन्दै व्यंग्य गरेका थिए। 


कस्तो लाग्यो ?

यो पनि