काठमाडौं । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्दै छ । कोरोना भाइरसको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने स्रोतले जनाएको छ ।
उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ । गत फागुन २१ गते मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १२ दिनको अस्पताल बसाइपछि डिस्चार्च भएर विभिन्न कार्यक्रममा सहभागी भइसकेका छन् ।
सचिवालय बैठकमा कोरोना भाइरसविरुद्ध एक जुट हुन कार्यकर्तालाई निर्देशन दिने स्रोतको भनाई छ ।