मंसिर ०१, २०८१, शनिबार
               

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणबारे छानबिन सुरु

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणबारे छानविन थालेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान तथा छानबिन भइरहेको बताए । 

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा सञ्चार मन्त्रालयमा अनियमितता भएको भनेर आयोगलाई उजुरी प्राप्त भएकाले अनुसन्धान गरिरहेको बताए ।

साथै, कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलसँग सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरणसँग सम्बन्धित सम्पूर्ण फाइल माग गरेको पनि बताए । 

स्वीटजरल्याण्डको केबिए–नोटासिस एसए कम्पनीको नेपाल प्रतिनिधि दाबी गर्ने विजयप्रकाश मिश्रले सुरक्षण मुद्रण खरिद प्रक्रियामा छलफल हुँदा मन्त्री बास्कोटाले करिब ७० करोड कमिसन मागेको आरोप लगाउँदै त्यससम्बन्धी अडियो टेप सार्वजनिक भएको थियो । 

केही दिनअघि सुरक्षण मुद्रण खरिद सम्बन्धमा कमिसनको चर्चा भएको अडियो टेप सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए । उनले नैतिकतामाथि प्रश्न उठेको भन्दै पदबाट राजीनामा दिएका थिए ।

तर, नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताउने बाँस्कोटाले केही दिनअघि मात्र आपूmसँग भएको कुराकानीको अडियो  सार्वजनिक गर्ने मिश्रविरुद्ध मुद्दा दर्ता दिएका छन् ।

उनले मिश्रविरुद्ध काठमाडौंमा जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गराएका हुन् । यद्यपि यसको सुनुवाइ हुन भइसकेको छैन । 
 

यो पनि