बैशाख १७, २०८१, सोमबार
               

प्रचण्डसँग प्रदेश प्रमुखको गुनासो

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

कोरोना भाइरस रोकथामबारे तीन तहका सरकारबीचको छलफलका लागि काठमाडौं आएका सातवटै प्रदेश प्रमुखले प्रदेश सञ्चालनको विषयलाई लिएर गुनासो गरेका छन् ।  उनीहरूले कर्मचारी अभाव, भौतिक संरचना र कार्यसम्पादनमा असहजता भएकाे भन्दै गुनासाे गरेका हुन्  ।

आइतबार सत्तारुढ दलका कार्यकारी अध्यक्षसमेत रहेका प्रचण्डसँग सातै  प्रदेश प्रमुखहरूले प्रदेश सञ्चालन विषयमा छलफलकफ क्रममा गुनासो गरेका प्रचण्ड सचिवालयले जनाएको छ । 

प्रदेश प्रमुखले प्रचण्डसँग कर्मचारी अभाव, भवनलगायत समस्या रहेकाले कार्यसम्पादन गर्न असहज भएको गुनासो गरेका सचिवालयले बताएको छ । प्रचण्डले प्रदेश प्रमुखको गुनासो सुनी प्रदेशमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गरी समाधानका लागि पहल गर्ने भनी जवाफ दिएको प्रचण्ड सचिवालयले उल्लेख गरेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि