चैत १५, २०८०, बिहीबार
               

‘जनताले शौचालय उद्‍घाटन गर्न सांसद् बनाएका होइनन्’

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले निर्वाचित जनप्रतिनिधिको थलो संसद्प्रति उत्तरदायी बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

मन्त्रीहरुलाई संसद के कस्ता विषय उठे भन्ने विषयमा केही जानकारी नभएको भन्दै उनले मन्त्रीहरुलाई संसद्प्रति इमानदार, जवाफदेही र उत्तरदायी बन्न आग्रह गरेका गरेका हुन् । 

उनले मन्त्री सांसदले उठाएका सार्वजनिक सरोकारका विषयप्रति जवाफदेही नभएकोमा आक्रोश पोख । ‘जवाफ नदिने बोले पनि हुने, नबोले पनि हुने, ठिक बोले पनि हुने, बेठिक बोले पनि हुने, मन लागे बोले नि हुने, मन नलागे नबोले पनि हुने ?’ उनले भने, ‘यस्तो प्रकारको सदन भएपछि सदनको गरिमा घट्छ ।’ 

जनताका प्रतिनिधिले अर्थात् सांसदले उद्घाटन कार्यक्रम गर्न जहाँ नि भ्याउने, तर संसदमा जवाफ दिन नभ्याउने गरेको बताउँदै उनले संसद्मा के बोलियो त्यसमा ध्यान दिन आग्रह गरे ।

साथै उनले संसद्मा सांसदहरूले उठाएका सबै विषयको रेकर्ड राख्दै ती सवालको जवाफ दिएर जनताप्रति आफ्नो इमान प्रदर्शन गर्न आग्रह पनि गरे ।
‘संसदको गरिमा भएन भने व्यवस्थाको गरिमा हुँदैन। संसदमा सबै मन्त्रालयका प्रतिनिधि आएर टन्नबस्नुपर्याे,’ उनले भने, ‘यहाँ कुन विषयमा सांसदले बोल्छन् मन्त्रीलाई थाहा छ, छैन ।

सदन प्रभावकारीबनेर आधुनिक, प्रगतिशील र जनमुखी कानुन बनाएर अघि बढेमा व्यवस्था विरोधीहरू त्यसै झिसमिस हुन्छन् ।’

विडारीले जनताले प्रतिनिधि बनाएर सबेरदेखि अबेरसम्म, शौचालयदेखि मन्दिरसम्म उद्घाटन गर्दै हिँड्न सा‌ंसद बनाएर नपठाएको बताए । 
 


कस्तो लाग्यो ?

यो पनि