जेठ ०६, २०८१, आइतबार
               

अंगदाता समीक्षलाई गरियाे डिस्चार्ज, प्रधानमन्त्रीलाई पनि आजै डिस्चार्ज गर्ने तयारी

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला बुधबार डिस्चार्ज भएकी छन् । 

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले समीक्षालाई बुधबार (आज) डिस्चार्ज गरिएको जानकारी दिएका हुन् ।  

समीक्षा गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनी बुधबार नौ दिनपछि दिनपछि डिस्चार्ज भएकी हुन् ।

डिस्चार्ज हुनुअघि समीक्षाले मामा प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएकी थिइन् । 

अस्पतालले प्रधानमन्त्री ओलीको समेत स्वास्थ्यमा सुधार आएकाले सम्भवतः आजै बेलुकासम्म डिस्चार्ज गर्ने तयारी रहेको बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि