चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेविरुद्ध उजुरी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूचना दिन आह्वान गरिएको छ ।
बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समिति बैठकले चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेविरुद्ध उजुरी गर्न आह्वान गरेको हो ।
समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्ले सिफारिस गरी पठाएका चीनको आवासीय तथा उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूत पाण्डेका सम्बन्धमा गुनासो, उजुरी दिन १० दिन समय दिइएको जानकारी दिएका छन् ।
उनले समिति सदस्यहरुलाई पाण्डेको व्यक्तिगत विवरण बाँडिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आह्वान गरिएको बताए ।