प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलादाता समीक्षा संग्रौलाले भेटेकी छिन् । लिभर आइसियूमा गएर समीक्षाले मामासमेत रहेका प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको र जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएको बताए ।