मंसिर ०१, २०८१, शनिबार
               

थापाद्वारा गीता छोएर पार्टी फुट्न नदिने घोषणा

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हातमा गीता लिएर अब कहिल्यै  पार्टी नफुटाउने प्रतिज्ञा गरेका छन् । 

पार्टी एकता घोषणामा राप्रपा नेता तथा कार्यकर्ताले विगतमा पार्टी जुट्ने र फुट्ने गरेको भन्दै अविश्वास गरेपछि राप्रपा अध्यक्षले हातमा गीताको किताब लिएर पार्टी नफुट्ने प्रतिज्ञा गरेका हुन् । 

‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्न,’ उनले भने, ‘विगतका तीता घटनाले पीडा भए पनि आगामी दिनमा कुनै पनि आग्रह पूर्वाग्रह साथीबीचमा राख्ने छैन ।’

त्यस्तै, पार्टीका अन्य दुई अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि पार्टी नफुटाउने प्रतीज्ञा गरेका छन् । 

पार्टी एकता घोषणासभामा  दर्शकदीर्घामा बसेका पार्टी कार्यकर्ताले अध्यक्षहरुलाई गीता छोएर भनेर कसम खान दबाब दिएका थिए । 
 

यो पनि