असोज ०६, २०८१, आइतबार
               

महिला हिंसा लोकतन्त्र माथिकै खतराः देउवा

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना प्रकट गरेका छन् । नारी दिवसका अवसरमा शुभकामना दिदै सभापति देउवाले नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको बताएका छन् ।

गाउँशहरमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेका, महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता छ’ बक्तव्यमा उल्लेख छ ।

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुता माथिको सबैभन्दा ठूलो खतरा मात्र नभएर मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक भएको बताउँदै सभापति देउवाले सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हिंसा भएको सन्देशमा उल्लेख गरेका छन् ।

‘नेपाली काँग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ, महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्रा्ष्ट्रिय नारी दिवसले सहयोग पुयाउनेछ विश्वास मैले लिएको छु,’ सन्देशमा भनिएको छ ।


कस्तो लाग्यो ?

यो पनि