मंसिर ०१, २०८१, शनिबार
               

साल्ट ट्रेडिङ भन्छ, हामीसँग अझै दश महिनालाई पुग्ने स्टक छ

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोन भाइरसको हल्ला बढेसँगै खाद्यन्नमा कालोबजारी बढ्दै गइरहेका बेला विभिन्न आधिकारिक सस्था तथा कार्यालयले एकपछि अर्को गर्दै सर्वसाधारणलाई नअत्तिन आग्रह गर्दै आएका छन् । 

यसै क्रममा साल्ट ट्रेडिङ कर्पोरेसनले पनि आफूले आपूmसँग अझै १० महिनालाई पुग्ने स्टक रहेको बताएको छ । 

कर्पोरेसनले आपूmसँग करिब १० महिनाको बजारको माग धान्ने क्षमता रहेको बताएको छ । उसले भारतबाट नियमित रुपमा नुनको आयात भइरहेको बताएको छ । अहिले बजारमा मासिक १६ हजार मेट्रिक टन नुनको खपत हुँदै आएको छ । 

कर्पोरेसनसँग अहिले १ लाख ५८ हजार मेट्रिक टन नुनको स्टक रहेको कर्पोरेसनका डिभिजनले जानकारी दिएको छ । त्यस्तै, कर्पोरेसनले चिनी र ग्यासमा समेत कुनै पनि अभाव नभएको र नियमित रुपमा उत्पादन तथा वितरण भइरहेको जनाएको छ । 

अहिले नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिकटन चिनीको माग छ भने नेपालको उत्पादन क्षमता १ लाख ८० हजार मेट्रिकटन छ । 
साल्ट ट्रेडिङ र अन्य उद्योगीहरुसँग समेत गरी अहिले नै १ लाख १० हजार मेट्रिकटन चिनी स्टक रहेको उद्योग मन्त्रालयले जनाएको छ । 
साल्ट ट्रेडिङले नुन र चिनीका अतिरिक्त एससीटी ग्यास समेत उत्पादन र बिक्री गर्दै आएको छ । यसको उत्पादन र बिक्री पनि नियमित भइरहेको साल्ट ट्रेडिङको दाबी छ ।

अहिले दैनिक औसत ३० हजार सिलिन्डर ग्यास बिक्री भइरहेकोमा माग बढ्न थालेपछि शनिबारदेखि दैनिक ४५ हजार सिलिन्डर उत्पादन सुरु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि