नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन् । संगठनभित्र वैज्ञानिक वृत्ति विकासको अवसर नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।
एक स्रोतले एक वर्ष कार्यकाल बाँकी रहँदा नै डिआइजी सुब्बाले राजीनामा दिएको बताए । सुब्बा लामो समयदेखि चार हजार पाँच सय कर्मचारी रहेको प्राविधिकतर्फबाट पनि विशिष्ट श्रेणीमा जाने व्यवस्था गर्नुपर्ने पक्षमा थिए ।
सूचना सञ्चार प्रविधिमा अमेरिकाबाट विद्यावारिधि गरेका सुब्बाले भूकम्पका बेला सुरु गरेको सूचना प्रवाहको त्यसबेला निकै प्रसंशा गरिएको थियो ।
तर, लामो समयसम्म पनि सुनुवाइ नभएपछि उनले राजीनामा दिएको स्रोतले जानकारी दियो ।
घरायसी कारण देखाउँदै राजीनामा दिए पनि लामो समयदेखि वृत्ति विकासको कुरा लगातार उठाउँदै आएका उनले एक वर्ष कार्यकाल रहँदै उनले राजीनामा बुझाएका हुन् ।