अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रम ओली र उनलाई अंग दिने जान्जी समीक्षाकाे स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएका छन् ।
साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य खाना खुवाइएको बताएका छन् । त्रिवि शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण गरेको चार दिनपछि उनलाई सामान्य खाना दिन थालिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा ओलीलाई सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापीलाई पनि निरन्तरता दिइएको बताइएको छ ।
यसैबीच प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौला स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको र सामान्य खान दिन थालिइएको अस्पतालले जनाएको छ ।