जेठ ०९, २०८१, बुधबार
               

सरकारलाई निर्मम र कठोर रुपमा प्रस्तुत हुन झाँक्रीको आग्रह

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले सरकार निर्मम र कठोर रुपमा समाजमा उपस्थित हुन आग्रह गरेकी छन् ।  

आज प्रतिनिधिसभामा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि धारणा राख्दै उनले यस्तो बताएकी हुन् । 

सामाजिक सञ्जालबाट अफवाह फैलिएको भन्दै सरकारले आधिकारिक सूचना ल्याउन ढिला गर्न नहुने उनले बताएकी छन् । उनले सामाजिक सञ्जामार्फत फैलिएको अफहवाकै कारण अहिले कालोबजारी बढेको पनि बताएकी छिन् । 

अफहवाबाट कालोबजारी मौलाउने, मान्छेहरु निराश हुने भन्दै उनले यस्ता मानवीय संवेदनाका धेरै पक्ष देखिने भएकाले सरकार निर्मम र कठोर हिसाबमा समाजमा देखिनुपर्ने अवस्था आएको उनले बताएकी हुन् । 

साथै, उनले कोरोना भाइरसबारे आधिकारिक सूचना सरकारले दिएमा सामाजिक सञ्जालको सूचनाबाट सर्वसाधारण प्रभावित नहुने बताइन् । 

उनले भनिन्, ‘कोभिड–१९ के हो ? भन्ने सन्दर्भमा सरकारको एउटा एकीकृत धारणा आउनुपर्यो । सोसल मिडियामा आएका फरकफरक भनाइजस्तो होइन, ठ्याक्कै जनताले के गर्ने हो ? सरकारको आधिकारिक धारणा आउन जरुरी छ ।’

यो पनि