बैशाख १७, २०८१, सोमबार
               

संसदकै ट्वाइलेटमा पानी छैन : सांसद प्रमिला राई

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

आजको संसद्मा बोल्दै प्रमिला राईले संसद्काे बाधरुम, ट्वाइलेटमा पानीको अभाव रहेको बताएकी छन् । विश्वमा कोरोना फैलिएको र त्यसबाट बच्नका लागि सरकारले सफासुग्घर रहेन आह्वान गरेको, तर संसद्मै पानी नभएको बताएकी हुन् । 

हाम्रो पानी नै पानी भएको मुलुकमा खानेपानीको अभाव भएको उल्लेख गर्दै उनले भनिन्, ‘हाम्रो माननीय मन्त्रीलेले मेलम्चीको पानी ल्याउने भनेको धेरै  भयो, तर अहिलेसम्म पानी ल्याउन नसक्दा काठमाडौंमा पानीको अभाव भएको छ ।’ उनले खानेपानी नै अभाव भइरहेको अवस्थामा अन्य सफासुग्घर रहने पानी कहाँबाट ल्याउनु भनी प्रश्न गरिन् । 

उनले केन्द्रदेखि स्थानीय तहसम्म रहेका स्थानीय सरकारले यसविरुद्ध लड्न एकजुनट भएर लाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘सरकार नारामा मात्रै सीमित हुने होइन काम गरेर पनि देखाउनुपर्याे।’    


कस्तो लाग्यो ?

यो पनि