बैशाख २२, २०८१, शनिबार
               

विशेष अदालतद्वारा विजयकुमारलाई पन्ध्रदिने म्याद जारी

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

 


ललिता निवास प्रकरणमा जोडिएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्तविरुद्ध म्याद जारी गरेको विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमारलाई पनि १५ दिने म्याद जारी गरेको छ । 

गच्छदारलाई ललिता निवास सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अदालतले १५ दिने म्याद जारी गरेको हो ।

अख्तियार दुरुपयोग आयोगले गच्छादारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

साथै, अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, समरजङ्ग कम्पनीका पूर्वप्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनीका नाममा पनि म्याद जारी गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि