जेठ ०२, २०८१, बुधबार
               

‘महिला सहभागिता सुनिश्चित गर्नुपर्छ’

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चितताका लागि सबै राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्ने बताएका छन् ।
 एक सय १०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा नेपाल पत्रकार महासङ्घ महिला समितिद्वारा आज यहाँ आयोजित ‘महिला पत्रकार सांस्कृतिक महोत्सव’ कार्यक्रममा उनले मुलुकको सबैखाले परिवर्तनकारी आन्दोलनमा महिलाको सक्रिय योगदान रहेको भन्दै स्थानीय तहदेखि सङ्घीय शासन प्रणालीसम्म महिला नेतृत्व स्थापित गर्न पहलकदमी हुनुपर्नेमा जोड दिएका छन् ।

    सामाजिक र आर्थिक परिवर्तनसँगै विभेद र असमानता पनि क्रमशः कम हुँदै गइरहेको उल्लेख गर्दै पर्यटनमन्त्री भट्टराईले भने, “महिला अधिकारको संवैधानिक सुनिश्चिता भएको छ । नेपालको संविधान लोकतान्त्रिक मात्र नभई समावेशी सिद्धान्तको हिसाबले उत्कृष्ट संविधान बनेको छ ।”

    संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न सरकार र सरोकारवालालाई  खबरदारी गर्न सञ्चारमाध्यमले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन‍्।
    
उनले भनिन्, “हिजो चुनौतीपूर्ण अवस्थामा पनि महिला पत्रकारले आफूलाई सशक्तरूपमा प्रस्तुत गरेर आजको परिवर्तन आएको हो । महिला पत्रकार सिङ्गो महिला आन्दोलन पनि भएकाले राष्ट्रहित र जनहितको पक्षमा निरन्तर कलम चलाउन जरुरी छ ।”

    कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता जगतमा महिला सहभागिता अभिवृद्धिका लागि महासङ्घले विभिन्न भूमिका निर्वाह गर्दै आएको बताए ।     


कस्तो लाग्यो ?

यो पनि