जेठ ०४, २०८१, शुक्रबार
               

भारतीय राजदूत क्वात्रा र उपप्रधानमन्त्री पोखरेलबीच भेट : पुस्तक साटासाट

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमै पुगेर क्वात्राले पोखरेलसँग भेटघाट गरेका हुन् । भेटमा भारतीय राजदूत क्वात्राले पोखरेललाई ‘ह्वाट गान्धी मिन्स टु मि’ पुस्तक दिएका थिए । 

नेपालका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘द नेपाल आर्मी’ नामक पुस्तक र हिमालको पेन्टिङ दिएका थिए । 

क्वात्राले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका थिए । राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटघाट गरेर उपप्रधान तथा रक्षामन्त्री पोखरेललाई भेट्न सिंहदरबार गएका थिए ।

क्वात्रा आइतबार नेपाल आइपुगेका हुन् । यसअघि क्वात्रा फ्रान्सका लाग भारतीय राजदूत रहिसकेका छन् । 
 

यो पनि