असोज ०६, २०८१, आइतबार
               

कांग्रेस र समाजवादीद्वारा विश्वविद्यालय केन्द्र सार्ने निर्णयकाे विराेध

नेपाल फ्ल्यास
फागुन २१, २०७६

पूर्वाञ्चल विश्वविद्यालय
ADVERTISEMENT

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङको गोठगाउँमा सार्ने निर्णयको विरोध गरिएको छ ।

नेपाली कांग्रेस र समाजवादी पार्टीको महानगर समितिले संयुक्त रुपमा आज पत्रकार सम्मेलनको आयोजना गरी विश्वविद्यालयको विधान र ऐनमा केन्द्रीय कार्यालय विराटनगरमा रहने उल्लेख गरिएकोमा संसदबाट निर्णय सच्चाउन माग गरेको हो ।

नेपाली कांग्रेस महानगर समितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपानेले महानगरपालिकाको अवधारणा र प्रदेशको राजधानीको हैसियतले केन्द्र यही रहनुपर्ने अन्यथा विरोध कार्यक्रम गरिने बताए । 

यसैगरी समाजवादीका नगर कमिटीका कार्यवाहक अध्यक्ष मोहम्मद नसरुलले भौतिक संरचना यहाँ रहेको केन्द्रीय कार्यालय सार्ने निर्णयले विराटनगरलाई मृत सहरको रुपमा परिणत गर्न खोजिएको आरोप लगाए । 

यो पनि