अस्पतालका कार्यकारी निर्देशक प्रेमकुमर खड्गाले प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षाको पनि स्वास्थ्यावस्था राम्रो रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी संग्रौलाको स्वास्थ्यावस्था पनि ठिक रहेको उनले जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यावस्था स्थिर रहेको छ । उहाँको शरीरका सबै सूचांक ठिक अवस्थामा छन्,’ उनले भने, उहाँको प्रत्योरोपण गरिएका मिर्गाैलाले पनि काम गर्न थालेका छन् ।’
प्रधानमन्त्री ओलीलाई अबको केही दिन प्रत्यारोपण उपचारकक्षमा राखी उपचालाई निरन्तरता दिइने उनले बताए ।
प्रधानमन्त्री ओलीको मिर्गौला पत्यारोपणको चिकित्सक टेलीमा प्रा.डा.उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. अनन्तकुमारलगायतको टोली सहभागी थियो ।
यस्तै एनेस्थेसिया तथा क्रिटिकल कियरतर्फ प्रा.डा.अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्यलगायतको टोलीको सहभागिता रहेको थियो ।