कात्तिक ३०, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीलाई अंगदान गर्ने संग्रौलाको शल्यक्रिया सकियो

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि अंगदाता समीक्षा संग्रौलाको अंग शल्यक्रिया सकिएको छ । 
त्रिवि शिक्षण अस्पतालमा बिहान साढे १० बजेदेखि जारी प्रत्यारोपणकाे क्रममा चिकित्सकहरुले अंगादाता समीक्षा संग्रौलाको शल्यक्रिया सकेका हुन् 
शल्यक्रिया गरेर समीक्षाको शरीरबाट देब्रे मिर्गौला झिकिएको छ । त्रिवि शिक्षण हस्पिटलले अब संग्रौलाको मिर्गौला प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपण गर्ने जनाएको छ ।

त्रिविले अब डेढ घन्टाभित्र उक्त मिर्गौला प्रधानमन्त्रीलाई प्रत्यारोपण गर्ने जनाएको छ ।त्रिविले मिर्गौला प्रत्यारोपण पूरा भइसकेपछि करिब २ घण्टाको अवधिमा प्रधानमन्त्री ओलीको होस खुल्ने जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि