प्रधानमन्त्री एवम् नेकपाका पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अध्यक्ष पुष्पकमल दाहाल त्रिवि शिक्षणअस्पताल पुगेका छन् ।
प्रचण्डले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे मंगलबार साँझ जानकारी लिएका हुन् ।
प्रचण्ड स्वयम् मौसमी रुघाखोकी लागेपछि अहिले खुमलटार निवासमै आराम गरिरहेका छन् । राजनीतिक भेटघाट घटाएका प्रचण्ड प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न भने अस्पताल पुगेका हुन् ।
त्यस्तै अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको जानकारी गराएका छन्। प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण अगाडि दिइने आवश्यक औषधि दिन सुरु गरिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ।