मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधान्त्री केपी शर्मा ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
अध्यक्ष दहालले आज सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीलाई दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका हुन् ।
‘हाम्रो पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि यही २०७६ फागुन १९ गते शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना हुनुभएको छ,’ उनले लेखेका छन्, ‘उहाँको दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’