प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार नौ बजे मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।
मिर्गौला प्रत्यारोपणको अघिल्लो दिन आज ओलीको मिर्गौला डायलासिस गर्नुका साथै चेकजाँच गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सबै रिपोर्ट सामान्य आएकाले बुधबार पौने नौ बजे प्रत्यारोपण गरिने प्राध्यापक डा. अरुण सायमीले बताए ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएका थिए ।