असोज ०६, २०८१, आइतबार
               

खतिवडाले दिएँ राजीनामा, भोलि नै शपथ खाने

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

राष्ट्रियसभा सदस्यबाट कार्यकाल सकिँने दिन अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीबाट राजीनामा दिएका छन् ।

अर्थमन्त्री खतिवडाको राजीनामा मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष पुगेको छ । खतिवडा २०७४ फागुनमा अर्थमन्त्री बनेका थिए ।

खतिवडाले भोलि नै अर्थमन्त्रीको नयाँ कार्यकालको रुपमा शपथ खाने स्रोतहरूको दाबी छ । संविधानमा संसद सदस्य नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न सक्ने प्रावधानलाई टेकेर ओलीले उनलाई पुन: सोही पदमा ल्याउन लागेका हुन् । ६ महिनाभित्र संसदको सदस्य नबने उनको पद स्वत समाप्त हुनेछ ।

यसैबीच मंगलबार अपरान्ह प्रधानमन्त्री ओलीलाई भेटन् खतिवडा शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए । भेटेर निस्किएपछि खतिवडा प्रफुल्ल मुद्रामा देखिए । उनले सञ्चारकर्मीहरूसँग हास्दै भोलिसम्म कुर्न भनेका थिए ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित कोटामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई ल्याउने सचिवालयको निर्णय ओलीले अस्वीकार गरेका थिए । 

यो पनि