बैशाख २२, २०८१, शनिबार
               

१४औँ महाधिवेशनमा तेस्रो वैचारिक धारको अलग्गै टिम बनाउँछु : पौडेल

नेपाल फ्ल्यास
फागुन १९, २०७६

फाइल फाेटाे
ADVERTISEMENT

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएका छन् । 

झापाको चन्द्रगढीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक धारको अलग्गै टिम कायम रहने बताए । 

आगामी महाधिवेशनमा पार्टीको नेतृत्वबारे सञ्चारकर्मीले राखेको  जिज्ञासामा उनले भने, ‘म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस् ।’ 

उनले तोकिएको मितिमा कांग्रेसको महाधिवेशन हुन नसके संठनभित्र जटिल समस्या उत्पन्न हुने बताए । 

नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघलगायत पार्टीका भ्रातृसंस्थाको महाधिवेशन पार्टीको भन्दा अगाडि गर्न नसकिए पनि शुभेच्छुक संस्था प्रेस युनियनको भने तोकिएको समयमै हुनुपर्ने बताए ।

यो पनि