जेठ ०८, २०८१, मंगलबार
               

काेराेनाविरुद्ध उच्च सतर्कता अपनाउन सर्वाेच्चकाे आदेश

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले कोभिड –१९ (कोरोना भाइरस) बाट जोगिनका लागि सरकारका नाममा आदेश जारी गरेको छ । 

सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारका नाममा चीन, जापान, बहराइन, इरान र दक्षिण कोरियाजस्ता कोरोना प्रभावित देशबाट हुने हवाई उडानमा रोक लगाउनेसम्मको कदम चाल्न, कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसबाट फैलिन सक्ने महामारी र विपद् जोखिमको न्यूनीकरणका निम्ति विपद्पूर्वको जोखिमको विश्लेषण गर्न, विपद् रोकथाम र क्षतिको न्यूनीकरणका लागि पूर्वतयारीका कामहरु गरिनसकेको भए तत्काल गर्न, संक्रमण फैलिए विपद् प्रतिकार्य र व्यवस्थापन कार्य प्रभावकारी बनाउन आदेश गरेकाे हाे । 

साथै, सर्वोच्चले आवश्यक परे त्रिभुवन विमानस्थल बन्द गर्न पनि  सरकारका नाममा आदेश दिएको छ । 

अधिवक्ता पूर्ण राजवंशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध हालेको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो ।
 

यो पनि