जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीको भिडियो सन्देश : भने, 'छिट्टै काममा फर्किन्छु

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जान लागेकाे भन्दै भिडियो सन्देश दिएका छन् । 

प्रधानमन्त्रीले उपचारपछि छिट्टै थप विश्वास र उर्जा लिएर काममा फर्किने जनाएका छन् । यसबीचमा सरकारी कामकाज सहज रुपमा हुने प्रधानमन्त्रीले भनेका छन् । 

मिर्गौला प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुअघि प्रधानमन्त्री निवास बालुवाटारबाट भिडियो सन्देश दिँदै उनले केही समयमै आफू काममा फर्किने जनाएका हुन् ।

प्रधानमन्त्रीले राम्रो खेलाडीले खेलको बीचमा नछाड्ने भन्दै आफूले पनि मैदान नछोड्ने सन्देश प्रष्टसँग दिएका छन् । प्रधानमन्त्रीले आफूले जागृत हुँदै गरेका सपनाहरूलाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न भनेका छन् । उनले 'संसारमा कोही अजम्बरी नभएको भन्दै जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि भनेर बुझ्नु हुनेछ' भनेका छन् ।

उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैमा आभारसमेत व्यक्त गरेका छन् ।

 

 

प्रधानमन्त्रीको बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । उनी सोमबार नै अस्पताल भर्ना हुँदै छन् । 

प्रधानमन्त्री ओलीलाई झापाकी समीक्षा संग्रौलाले मिर्गौला दिने भएकी छन् । उनी ३२ वर्षीया हुन् । समीक्षा नातामा ओलीको नजिककी भान्जी पर्छिन् ।


कस्तो लाग्यो ?

यो पनि