जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक संलग्न गराउने वा नगराउनेबारे अन्योल

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

भारतबाट दुई चिकित्सक आउँदै, भारतीय चिकित्सकलाई प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न गराउने वा नगराउने भन्नेबारे अन्योल रहेको त्रिवि हस्पिटलले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण प्रा.डा. प्रेम ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले गर्ने भनिए पनि भारतबाट दुई चिकित्सक झिकाइने त्रिवि हस्पिटलले जनाएको हो । 

भारतबाट झिकाइएका चिकित्सकलाई मिर्गौला प्रत्यारोपणमा सहभागी गराउने या नगराउने भन्ने विषय भने टुंगो लागि नसकेको अस्पतालले जनाएको छ । 

तर, डा. ज्ञवालीले आफू नेतृत्वको टोलीले नै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने बताए । प्रधानमन्त्री ओली आजै अस्पतालमा भर्ना हुने भएका छन् । बुधबार उनको मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।
 

यो पनि