जेठ ०४, २०८१, शुक्रबार
               

अस्पताल भर्नाअघि प्रधानमन्त्रीले भिडियो सन्देश दिने

नेपाल फ्ल्यास
फागुन १९, २०७६

फाइल फोटो
ADVERTISEMENT

प्रधानमन्त्री केपी ओलीले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि भिडियोमार्फत सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट सोमबार दिउँसो प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिने भएका हुन् । प्रधानमन्त्री सचिवालयले ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने जनाएको छ । प्रधानमन्त्री ओलीले आफू उपचाररत रहँदा सरकारतर्फबाट हुने कार्यसम्पादनबारे पनि भिडियोबाटै बताउने योजना छ ।

प्रधानमन्त्री ओलीको आगामी बुधवार दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदै छ । उनी बुधबार नै महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना हुँदै छन् । १३ वर्षअघि पहिलो पटक ओलीले मिर्गौला प्रत्यारोपण गराएका थिए । 


कस्तो लाग्यो ?

यो पनि