बैशाख २३, २०८१, आइतबार
               

गाँजालाई खुला गर्न माग गर्दै विधेयक दर्ता

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

काठमाडौं । संसद्मा गाँजालाई खुला गर्न भन्दै गैरसरकारी विधेयक दर्ता भएको छ । 

सांसद शेरबहादुर तामाङले संसद्मा आज गाँजालाई खुला गर्न माग गर्दै विधेयक दर्ता गरेका हुन् ।

उनले दर्ता गराएको विधेयकमा किसानले आफ्नै लालपूर्जा भएको जग्गामा गाँजा लगाउन पाउनुपर्ने र त्यसको खरिद तथा व्यवस्थापन सरकारको तर्फबाट गर्नु पर्ने उल्लेख छ । 

गाँजामा औषधिको गुण भए पनि हामीले यसलाई अवैध रुपमा लिइनु गलत भएको उनको भनाइ छ । 
 


कस्तो लाग्यो ?

यो पनि