जेठ ०४, २०८१, शुक्रबार
               

गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णय अलोकतान्त्रिक : पन्त

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रघुजी पन्तले पार्टीभित्रको अन्तरविरोधले मतदाताहरु दुःखी भएको बताएका छन् । आइतबार रिपोर्टस क्लबमा भएको साक्षत्कार कार्यक्रममा बोल्दै पन्तले सरकार र पार्टीबाट समृद्धि र सुशासनको अपेक्षा गरिरहेका मतदाताहरु दुःखी भएको बताएका हुन् । 

उनले भने , ‘अहिले नेकपाभित्र जे-जस्तो कुरा देखा प¥यो । त्यो दुःखद हो । त्यसले नेकपालाई भोटहाल्ने मतदाता र अहिलेको सरकार र नेकपाबाट परिवर्तन, समृद्धि र सुशासनको अपेक्षा गरिरहेका नेपाली जनता, पार्टी कार्यकर्तालाई दुःखी बनाएको छ ।’ 

पन्तले  प्रधानमन्त्री स्वास्थ्यलाभ गरेर फर्किपछि सबै समस्याहरुको समाधान हुने विश्वास पनि व्यक्त गरे । शीर्ष नेतृत्वले आत्मचिन्तन गरेर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए । पन्तले बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णय लोकतान्त्रिक नभएको बताएका छन् । निर्वाचनमा पराजित भएको २ वर्ष नपुग्दै राष्ट्रियसभामा लैजाने कुरा लोकतान्त्रिक दृष्टिकोणले उपयुक्त नभएको बताए । 

‘राष्ट्रियसभा भनेको राष्ट्रका विभिन्न क्षेत्रमा ख्याती प्राप्त गरेका, विश्लेषकहरु, पार्टीभन्दा ाहिर रहेका वा भित्रका विचारकहरुलाई पठाउने कुरा हो । प्रतिनिधिसभामा गल्ति भएका विधेयकहरु राष्ट्रियसभामा सच्याउन सकियोस भन्ने आशय हो । त्यसैले निर्वाचन हारेका, स्थानीय निर्वाचन हारेका राष्ट्रियसभामा पठाउने कुरा लोकतान्त्रिक ढंगले ठिक थिएन्’, उनले भने । 

उनले  संविधान संशोधनको कुरा गलत समयमा गलत एजेण्डाका लागि पार्टीले बहसमा ल्याएको बताउनुभयो । संविधान संशोधनको बहस र विवाद बाहिर आएपनि अहिले पार्टीको एजेण्डाबाट हटिसकेको उनले बताए । ‘कुनैपनि राजनीतिक दलले ठिक एजेण्डा, ठिक समयमा, ठिक ढंगले अगाडी सार्नुपथ्र्यो त्यो संविधान संशोधनको एजेडा बेठिक समयमा, बेठिक ढंगले बेठिक कुरालाई लिएर सारिएको थियो ।

त्यसैले यो अहिले जनता र पार्टीको आवश्यकता थिएन् ।’संविधान कार्यान्वयनको चरणमा रहेकाले अझै ८, १० वर्षसम्म संशोधनको एजेण्डा नेकपाले संसदमा लान नहुने उनकाे धारणा थियो । 


कस्तो लाग्यो ?

यो पनि