जेठ ०६, २०८१, आइतबार
               

मुख्यमन्त्री राईसँग नाता कायम गरिपाऊँ भन्दै अदालतमा मुद्दा दायर

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्द काठमाडौं जिल्ला अदालतमा दलखाकी  बालिका खड्काले  उजुरी दर्ता गरेकी छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संघ नेपालकी तत्कालीन केन्द्रीय सदस्य खड्काले आफूसँग मुख्यमन्त्री राईले लामो समय यौन सम्बन्ध गाँसेको भएपनि पछि टाढिएकोले नातासम्बन्ध कायम गरिपाउँ भन्दै मुद्दा दायर गरेकी हुन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको मुद्दामा खड्काले मुख्यमन्त्री राईलाई वि।सं २०७१ सालदेखि नै चिनेको बताएकी छिन्। राईविरूद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठकाअनुसार अदालतले मुद्दा दर्तासँगै मुद्दा पेशी समेत तोकिसकेको छ।

राई मुख्यमन्त्री भैसकेपछि पनि आफूले विराटनगर गएर भेट्न खोजे पनि बेवास्ता गरेको उनले उल्लेख गरेकी छिन्।

मुख्यमन्त्री राई तत्कालीन नेकपा एमालेको वैकल्पिक पोलिटब्यूरो सदस्य हुँदा खड्का युवा संघ नेपालको केन्द्रीय सदस्य र महिला युथ फोर्सकी केन्द्रीय सचिवको रुपमा पार्टी काम गरिरहेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि