बैशाख २४, २०८१, सोमबार
               

अडियो प्रकरणको छानबिन कानुनीतवरमा हुन दिऊँ : अर्थमन्त्री खतिवडा

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा ७० करोड रुपैयाँ कमिसन डिल प्रकरणमा संवैधानिक एवं संस्थागत विधिबाट निर्क्योल  हुन दिन आग्रह गरेका छन् ।

सञ्चार मन्त्रालयमा सरकारका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले अडियो प्रकरण छानबिनका सम्बन्धमा सञ्चारकर्मीको प्रश्नमा सम्बन्धित निकायहरूले अध्ययन गरिरहेकाले उनीहरूबाट आउने नतिजा पर्खन आग्रह गरेका हुन् ।

उनले भने, 'यसबारे अख्यिारयार पनि जानकार छ । संसदीय समितिलाई पनि थाहा छ । संवैधानिक ,कानुनी र संस्थागत विधिबाट निर्क्योल हुन दिऊँ । कानुनी अधिकार प्राप्त निकायले अध्ययन गरोस् ।'

त्यस क्रममा अर्थमन्त्री खतिवडाले विकास खर्च गत वर्षको तुलनामा कम नभएको दाबी गरेका थिए । उनले समग्र मुलुकको एकीकृत वित्तीय विवरणले विकास खर्च राम्रो भएको देखाएको बताए । उनले आर्थिक वर्षको अन्त्यसम्ममा बजेटको ९० प्रतिशतभन्दा बढी खर्च हुने दाबी गरे । निर्माण व्यवसायी, ठेक्का पट्टा सम्बन्धी विवादलगायतका कारण आर्थिक वर्षको सुरुवाती दिनमा विकास खर्च हुन नसके पनि पछिल्लो समयमा सन्तोषजनक काम भएको जानकारी उनले गराए ।

अभावजन्य कारणले ठुला भ्रष्टाचार नभएको भन्दै उनले कर्मचारीको तलब बढाएर साना साना भ्रष्टाचार घटाए पनि त्यसले समग्र मनोवृत्ति परिवर्तन नहुने तर्गक गरे ।

पुस्तक बिक्रीमा लगाएको कर सन्दर्भको प्रश्नमा उनले राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण दिन सरकारले कर लगाएको जवाफ दिए । पुस्तक बिक्रीमा धेरै मुलुकले मूल्य अभिवृद्धि कर लगाउने गरेको र त्यो कर  १८ प्रतिशतसम्म रहेको उल्लेख गर्दे उनले अर्बौँ रुपैयाँ लगानी गरेर स्वदेशमा स्थापना भएका प्रेसले गर्ने कागज आयातमा पनि कर तिर्नुपर्ने भएकोले पुस्तकमा कर जायज भएको तर्क गरे । उनले पुस्तकको व्यापारलाई ज्ञानको व्यापार भनेर दिग्भ्रमित नगर्न आग्रह गरेका थिए ।

अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति चैत ५ भन्दा अगावै हुने जानकारी गराए ।


कस्तो लाग्यो ?

यो पनि