बैशाख २७, २०८१, बिहीबार
               

भट्टराई भन्छन्,' ओलीको बुकुरोभन्दा मेरो घर ठूलो, सबैको सम्पत्त्ती छानविन गरौं'

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’, भट्टराईले प्रश्न गरे । उनले भने, ‘ हामी सबै हिजो त साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिडेंका थियौँ । आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढ्यौ ? कसरी हाम्रा महल छन् ?’  उनले भने ।

'ओलीको बुकुरोभन्दा मेरो घर ठूलो'

डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो भन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको उनले बताए । ‘सम्मानिय प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेरें, मेरो गोरखामा  त्यो भन्दा राम्रो  घर छ । त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्योँ ?’

पारदर्शी रुपमा कमाएर काठमाडौमा महल बनाउने हैसियत नपुग्‍ने उनले बताए ।  ‘म अलिकति गणितमा चाँसो राख्ने मान्छे पनि हुँ । अर्थमन्त्री पनि भइटोपलेको मान्छे । मेरो बुझाईमा हाम्रो कमाईले काठमाडौंमा महल बनाउन पुग्दैन ।'

भट्टाईले मातातिर्थलगायत जग्गाका विषय उचालेर लोकमान कार्की प्रवृति देखाउन खोजिएको आरोप समेत लगाए । मातातिर्थ लगायतको जग्गाका सन्र्दभमा आफ्नो कार्यकालमा भएका निर्णयहरु राजनीतिक, कानूनी र नैतिक रुपमा ठिक रहेको उनको दाबी छ ।

भट्टराईले प्रधानमन्त्रीले प्रतिसोध, असहिष्णुता वा निषेध गर्ने प्रवृृतिले यस्तो गर्न खोजेको भन्दै आशंका व्यक्त गरे । दुई तिहाइ नजिक रहेको सरकारका प्रधानमन्त्री कमजोर भएर आशंकित हुनुपर्ने अवस्था नरहेको भट्टराईले बताए । ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर डराउनुपर्दैन,' उनले भने । देश भ्रष्टाचारले थिलथिलो परेको भन्दै भट्टराइले एक अर्कालाई दोषारोपण गर्नुभन्दा दोषिलाई दण्डित गर्ने प्रवृति अंगाल्नुपर्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि