बैशाख १७, २०८१, सोमबार
               

प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ : रिजाल

नेपाल फ्ल्यास
फागुन १३, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सदनलाई विश्वासमा लिएर काम गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।  प्रतिनिधिसभाको मगलबार बैठकमा समय माग गरेर काँग्रेसका मीनेन्द्र रिजालले मुलुकमा आर्थिक अनियमितता कुरा उठिरहेकाले यसबारेमा प्रधानमन्त्रीले सदनलाई प्रष्ट पार्नुपर्ने जानकारी दिए । ‘विभिन्न आर्थिक अनियमिता भएका घटनाका बारेमा तत्कालै संसद्मा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’, उनले बताए । 

संसद्ले चुनेको प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै रिजालले नेपाल वायु सेवा निगमका जहाज र स्याटेलाइट खरीद, नेपाल ट्रष्टको जग्गा भाडा, टेलिकमको फोरजी सेवा विस्तारलगायत परियोजनामा भ्रष्टाचारले व्यापकता पाएको आरोप लगाउँदै यसमा सरकारको धारणा माग गरे । 
 


कस्तो लाग्यो ?

यो पनि