बैशाख २७, २०८१, बिहीबार
               

ओली सरकार पञ्चायती निरकुंश मार्गमा उद्यत भयो : बाबुराम भट्टराई

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको विरोधमा कालोझण्डा देखाउनेलाई पक्राउ गरेको प्रति आपत्ति जनाएका छन् । 

सोमबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ओली सरकार पञ्चायती निरंकुश मार्गमा उद्यत रहेको भन्ने जिउँदो प्रमाण भएको प्रतिक्रिया दिएका छन् । 

‘शान्तिपूर्ण ढंगले विरोध गर्न पाउनु संविधानप्रदत्त लोकतान्त्रिक अधिकार हो । निरंकुश पञ्चायती कालमा झैं कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु भनेको ओली सरकार पन्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण हो,’ उनले अगाडि लेखेका छन्, ‘जसरी पञ्चायत गयो, राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ ।’ 

सोमबार बिहान प्रधानमन्त्री ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सोमबार पोखरा आउँदा नेविसंघ र  समाजवादी विद्यार्थी युनियनका नेताहरुले कालो झण्डा देखाएका प्रयास गरेका थिए । 

पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी उनीहरुलाई प्रहरीले पक्राउ गरेको  थियो ।

यो पनि