जेठ ०८, २०८१, मंगलबार
               

पूर्वाधार मन्त्री नेम्वाङद्वारा सहरी विकासमन्त्रीको पनि पदभार ग्रहण

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सोमबार सहरी विकास मन्त्रीका रुपमा पनि पदभार ग्रहण गरेका छन् । 

आज अपराह्यन ४ः३० मा मन्त्रालय पुगेका मन्त्री नेम्वाङलाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । 

मन्त्री नेम्वाङले मन्त्रालयका कर्मचारीलाई जिम्मेवार, जवाफदेही र समन्वयात्मक बनेर काम गर्न निर्देशन दिए । उनले सबै आआफ्नो ठाउँमा जिम्मेवार बनेर समूहगत रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । 

मन्त्री नेम्वाङले आजै बागमती एकीकृत सभ्यतासँग जोडिएका विषयमा विधेयक निर्माण गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमतिका लागि तयार फाइलमा हस्ताक्षर गरेका छन् । 

यो पनि