मंसिर ०७, २०८१, शुक्रबार
               

कांग्रेसले अब संसद अवरुद्ध नगर्ने

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

संसद अवरुद्ध हुँदा राष्ट्रिय मुद्दा ओझेल परेको भन्दै अन्य प्रतिपक्षी दलले कांग्रेसलाई संसद बैठक अवरुद्ध नगर्न सुझाव दिएका छन‍् ।

उनीहरुकै सल्लाह बमोजिम कांग्रेस संसद अवरुद्ध नगर्न सहमत भएको छ । यससँगै राजपा, समाजवादी पार्टी र कांग्रेस मिलेर राष्ट्रिय मुद्दामा सहकार्य गर्ने गरि तीन दलबीच मौखिक सहमति बनेको छ। प्रतिपक्षी ३ दलको सोमबार बसेको बैठकले साझा मुद्दामा एकै स्वर बनाएर संसदमा प्रस्तुत हुने सहमति गरेका हुन् ।

तीन दलको बैठकले मोर्चाबन्दी नगरे पनि साझा मुद्दामा एकै स्थानमा उभिने निर्णय गरेका हुन् । राष्ट्रिय जनता पार्टीको संसदीय कार्यालयमा बसेको बैठकमा राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र समाजवादीका उमाशंकर अरगरिया लगायतका नेताहरु उपस्थित थिए ।


कस्तो लाग्यो ?

यो पनि