जेठ ०६, २०८१, आइतबार
               

सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भीर छानबिन हुनुपर्छ : सह-महामन्त्री महत

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भीर र छानबिन हुनुपर्ने बताएका छन् । रिपोर्टस क्लबमा भएको साक्षत्कारमा डा. महतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई माथिबाटै संरक्षण र निर्देशन भएको उल्लेख गर्दै यो विषयमा गम्भीर  छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले यो विषयमा प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने दाबी गरे । ‘हामीले यो प्रकरणमा विरोध गरिरहेका छाैँ । प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होइन्, सबै भ्रष्टाचारका काण्डबारे संसदमा जवाफ दिनुपर्छ । सबै काण्डहरुमा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’, उनले भने । 

महतले एमसीसीका विषयमा भ्रम  फैलाइएको भन्दै  नेपालको विकासमा ठुलो  रकम पहिलो पटक अनुदानमा आएको उल्लेख गर्दै  यसमा कुनै अमेरिकी सैन्य गठबन्धनको नभएको प्रष्ट पारे । एमसीसीमा नेपाल मात्रै नभएर अन्य धेरै देशहरु संलग्न रहेको भन्दै महतले सन् २०१७ मा सम्झौता भएको भएपनि सन् २०२० मा आएर राष्टघाती देख्नेहरुले तीन वर्ष के हेरेर बस्नुभयो ? भनेर प्रश्न समेत उनले गरे । 

प्रतिपक्षी दल नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएको छ । भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरुले यसमा आवश्यक संशोधन गरी पारित गर्नुपर्ने बताउदै आएका छन् । नेकपाको केन्द्रीय समितिले एमसीसीका विषयमा अध्ययन गर्न कार्यदल नै बनाएको थियो ।

कार्यदलले शुक्रबार मात्रै सुझावसहित पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । नेकपाको सचिवालयमा छलफल गरी पारित गर्ने विषयमा निर्णय हुने नेकपाले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि