बैशाख २८, २०८१, शुक्रबार
               

डोला उठाउँदै प्रचण्डद्वारा मिथिला परिक्रमाको उद्घाटन

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवान्को डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरेका छन् । मिथिलाविहारी मन्दिर पुगेका प्रचण्डले हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरेका हुन् । 

उनले सो अवसरमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने घोषणा गरेका छन् ।  परिक्रमाको आइतबार उद्घाटन गर्दै प्रचण्डले परिक्रमा प्रारम्भ हुने स्थल धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीको मिथलाविहारीको मन्दिर नजीक धर्मशाला बनाउने घोषणा गरेका हुन् । प्रचण्डले  भने, ‘यहाँ धर्मशालाका बनाउनुपर्ने ठूलो आवश्यकता रहेको छ । यस कारण यहाँ धर्मशाला बनाउन पार्टीका तर्फबाट र मेरोतर्फबाट तपाईंहरुलाई पूर्ण सहयोग रहन्छ, मेरातर्फबाट हुने हरेक किसिमको सहयोग गर्न तयार छु । धर्मशाला निर्माणमा कुनै कमी रहन दिन्न ।’ 

मिथिला मध्यमा परिक्रमाले नेपाल र भारतका लागि महाकुम्भ भएको भन्दै प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदानप्रदानमा ठूलो योगदान पु¥याइरहेको बताए ।  आफू पहिलोपटक प्रधानमन्त्री रहेका बेला पनि परिक्रमा मार्गका लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै उनले  मिथिलाविहारी परिषद् गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

विश्वकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आजदेखि विधिवत् शुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । 

एक सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहने गरेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत् रुपमा शुरु भएको हो । 
 


कस्तो लाग्यो ?

यो पनि