बैशाख २२, २०८१, शनिबार
               

काँग्रेस सरकारमा आएको दिन प्रहरीकाे फुली खोस्ने नेविसंघको चेतावनी

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

नेपाल विद्यार्थी संघले निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै गरेकाे आन्दोलनमा  नेविसंघ अध्यक्षसहित दजनौँ नेता कार्यकर्ता घाइते पएपछि प्रहरीकै फुली खोस्ने चेतावनी दिएका छन् । 

आफूविरुद्ध प्रहरी प्रशासनबाट भएको धरपकडको विरोधमा शुक्रबार प्रदर्शनीमार्गमा भएकाे बृहत् विरोध सभालाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष राजीव ढुंगानाले शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने प्रहरी अधिकृतको फुली खोस्ने चेतावनी दिए । 

‘फुली थपिने आशामा छात्रामाथि पुरुष सुरक्षाकर्मी लगाएर लाठीचार्ज, कति बहादुर डीएसपी । ओली सत्ताबाट गएको दिन, काँग्रेस सरकारमा आएको दिन तपाईंको फुली खोस्छौं,’ अध्यक्ष ढुंगानाले भने ।

यस्तै महामन्त्री दीपक भट्टराईले नेविसंघलाई नजिस्क्याउन प्रहरीलाई चेतावनी दिएका छन्- ‘नेविसंघलाई जिस्क्याउँदा सरकार र सुरक्षाकर्मीले हेक्का राख्दा हुन्छ, के हुन्छ भनेर । त्यसको ठूलो मूल्य चुकाउनुपर्छ ।’ 

निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिँदैमा उन्मुक्ति नमिल्ने भन्दै कानुनी कारबाही अगाडि नबढाउँदासम्म नेविसंघले आन्दोलन जारी राख्ने भटराईले चेतावनी दिए । 


कस्तो लाग्यो ?

यो पनि