काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई छलफलका लागि एक्कासी बालुवाटार बोलएका छन् ।
बिहीबार मात्रै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए ।
त्यसयता ओलीले भेटघाटका लागि प्रचन्डलाई बालुवाटार बोलाएका हुन् । ‘विकसित घट्नाक्रमका विषयमा छलफल गर्न म अहिले बालुवाटार जाँदैछु । यो यसअघि तय भएको कार्यक्रम होइन,’ भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानको कार्यक्रममा शुक्रबार प्रचण्डले भने ।
दुई अध्यक्ष तथा प्रधानमन्त्रीबीच मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर, एमसीसी प्रतिवेदन र पार्टीका बाँकी कामबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।