मंसिर ०७, २०८१, शुक्रबार
               

पिएन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच ग्याङ फाइट

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठनबीच पोखराको पृथ्वीनारायण क्याम्पसमा झडप भएको छ । अनेरास्ववियु र नेविसंघका सदस्यबीच क्याम्पस परिसरमै हानाहान भएको हो । 

झडपमा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त घम्भिर घाइते भएका छन् । नेविसंघका सतिश बास्तोलाको नेतृत्वको टोलीले रड प्रहार गर्दा उनीहरु गम्भिर घाइते भएको अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाले जानकारी दिए । 

  नेविसंघका निर्वतमान केन्द्रीय सदस्य भानु ढकालले सांगठनिक रुपमा नभई व्यक्तिगत रिसिबीको कारण कुटाकुट भएको प्रष्ट पारे । उनका अनुसार झडपमा नेविसंघका केही सदस्य पनि घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार झगडा भएको जानकारी पाए पनि अहिलेसम्म कुनै जाहेरी भने परेको छैन । 


कस्तो लाग्यो ?

यो पनि