बैशाख २२, २०८१, शनिबार
               

नेविसंघ र प्रहरीबीच झडप : दर्जन बढी घाइते

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

प्रहरीसँगकाे झडपमा परी घाइते भएका विद्यार्थी नेता
ADVERTISEMENT

काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ र प्रहरीबीच झडप भएको छ। झडपमा परी दर्जनौं विद्यार्थी नेता घाइते भएका छन् । 

कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । 

नेविसंघको प्रदर्शनका क्रममा झडप हुँदा नेविसंघ अध्यक्ष राजिव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, युवराज पाण्डे, दीपक भट्टराई, त्रिवि समितिका अध्यक्ष हरि आचार्यलगायत दर्जनौं घाइते भएका नेविसंघका एक विद्यार्थी नेताले बताए । 


कस्तो लाग्यो ?

यो पनि